अब विद्यालय तहबाटै योग शिक्षाः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अब विद्यालय तहबाटै योग शिक्षाः प्रधानमन्त्री देउवा

आज विश्व योग दिवस, विविध कार्यक्रम गरि मनाईंदै , विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई, शान्ति र स्वस्थ्यका लागि नियमित योग गर्न योग गुरुहरुको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व योग दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले मानिसलाई कुलतबाट मुक्ति दिन र आनन्द लिनका लागि योग पुरातन विधी भएको उल्लेख गर्दै विद्यालय तहका बालबालिकालाई योगाभ्यास गराउन सके गुणस्तरीय शिक्षामा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो ।

अब विद्यालय तहबाटै योग शिक्षाः प्रधानमन्त्री देउवा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);