आज २०४ औं भानु जयन्ती, विविध कार्यक्रमको आयोजना | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज २०४ औं भानु जयन्ती, विविध कार्यक्रमको आयोजना

आज आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

आज २०४ औं भानु जयन्ती

काठमाडौं । आज आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए ।

भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघ संस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् । विसं १८७१ असार २९ गते तनहँुको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए ।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।

भानुजयन्तीकै अवसरमा बुधबार साहित्यिक दौड गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडनुभएको थियो ।

भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ । उनको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);