आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती मनाइँदै

काठमाडाैं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०७ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर संक्षिप्त कार्यक्रम गरिएको छ ।

आज रानीपोखरी नजिक भानुभक्तको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योगदान दिएका भानुभक्तको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी भानु जयन्ती मनाएको छ ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्वजनिक विदा दिएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);