प्रचण्डले भने : २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्डले भने : २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबारआयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’ को भर्चुअल उद्घाटन समारोहलाई संवोधन गर्दे अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउनपर्नेमा जोड दिएका छन् । प्रचण्डले भनेका छन,“नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ ।

समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव रहेको उनले तर्क गरेका छन् । बर्तमान सरकारले निर्वाचनको घोषणा गरिसकेकाले संविधन प्रतिकूल मन्त्रिपरिषद् पुर्नगठन गर्नु गलत भएको तर्क गरेका छन् ।

सो कार्यक्रममा सातै प्रदेशका अध्यक्षहरुले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया भर्चुअल कार्यक्रममा करीब एक हजार शिक्षकको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);