युवा, विद्यार्थीको भेला गर्दै प्रचण्ड–नेपाल समूह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

युवा, विद्यार्थीको भेला गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं, २० मंसिर । शीर्ष नेतामा सिमित रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद तल्लो तहमा फैलिने क्रम जारी छ । गत कार्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल प्रस्ताव पेश गरेसँगै सुरु भएको विवाद अहिले तल्लो तहमा पुगेको हो ।

यसअघि शुक्रबार काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गरेको पार्टी अध्यक्ष दाहाल र माधव नेपाल समूहले आज पनि भेला गर्दैछ । काठमाडौं ३ नम्बर क्षेत्र गोकर्णेश्वरमा दिउँसो १ बजे भेला हुँदैछ । भेलालाई स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीभित्रको अन्तरविरोध बढ्दै जाँदा दुवै समूहले भेलालाई तीव्रता दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);