कम्युनिस्ट क्रान्तिकारी र वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डकाे आग्रह

puspa kamal dahal

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएकाे हो । उनले देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तर संघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको उल्लेख गर्दै दाहालले यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखा परेको टिप्पणीसमेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको स्मरण पनि उनले गरेका छन् ।

साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिँदै दाहालले शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);