दुई वर्षभित्र एमालेको मुख्यालय बल्खुमा, आजबाट भने थापाथलीबाट संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुई वर्षभित्र एमालेको मुख्यालय बल्खुमा, आजबाट भने थापाथलीबाट संचालन

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टीको अत्याधुनिक भवन बनाउने भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कार्यालयको नयाँ निर्माण हुने भवन शिलान्यास गरेका हुन्् । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर कार्यालय भवन शिलान्यास गरिएको हो ।

विगतमा एमालेको कार्यालय बल्खुमै थियो । ०७२ को भूकम्पले भवनमा क्षति पुगेपछि धुम्बाराहीमा कार्यालय सारिएको थियो । आजबाट भने एमालेको कार्यालय माइतीघरबाट सञ्चालन हुँदैछ ।

शिलान्यास गर्दै अध्यक्ष ओलीले अहिले आठ रोपनी जति जमिन भएको तर त्यो पर्याप्त नभएको बताए। । जमिन थपेर ठूलो कम्पाउण्ड बनाउने, जमिन पाइएन भने अहिले भएकै जमिनमा भवन बनाइने जानकारी दिए।

नयाँ भवन दुई वर्षभित्र बनाइसक्ने जानकारी दिँदै उनले बल्खुको जमिन र कार्यालयसँग एमालेको भावनात्मक सम्बन्ध रहेको बताए।

आजबाट थापाथलीमा सर्‍यो एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । नयाँ वर्षको अवसर पारेर एमालेको केन्द्रीय कार्यालय नयाँ घरमा सरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान थापाथली हाइटस्थित भाडाको घरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टीको आकार ठूलो हुने भएपछि एमालेले नयाँ घर भाडामा लिएको हो । सो घरको गत चैत ११ गते प्रधानमन्त्री ओलीले निरीक्षण गरेका थियो ।

बल्खुस्थित पार्टी कार्यालय ०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि एमालेले धुम्बाराहीमा भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गरेको थियो । बल्खुमा नयाँ भवन तयार नहुञ्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);