विवादित जग्गामा नगरपालिकाको भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विवादित जग्गामा नगरपालिकाको भवन शिलान्यास

भक्तपुर, ४ फागुन । चाँगुनारायण नगरपालिकाले विवादित जग्गामा भवनको शिलान्यास गरेको छ । नगरपालिकाले भव्य कार्यक्रम गर्दै वर्षौ देखि मुद्दा रहेको ढुंगाना परिवारको जग्गामा भवन शिलान्यास गरेको हो । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउनेमा नगरपालिकाले ४१ करोड लागतमा बन्ने भवनको मंगलबार शिलान्यास गरेको हो ।

नगरपालिकाले भवन शिलान्यास गरेको जमिनमा स्थानीय लिला नाथ ढुंगानाले हाल सम्म पनि मुद्दा लड्दै आएका छन् । आफ्नो भोगको जमिन दर्ता गरी पाउँ भनी आफूहरु हाल सम्म पनि उच्च अदालत पाटनमा मुद्दा लडी रहेको ढुंगानाले बताए ।

२०७३ चैत २२ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको मालपोत नापी अदालत वन लगाएतका बैठकले समेत भुकम्प पछि खुलेको स्वबासी जग्गा दर्ताको लागी पुननिर्माण प्राधिकरणमा निर्णय गरी पठाएको थियो । तर जग्गा दर्ता हैन आफ्नो त घर बास नै जाने भयो उनले गुनासो गरे ।

उक्त जग्गा २१ सालको नापीमा छुट भएपछि तात्कालिन राजा विरेन्द्रलाई निवेदन गरि २०३८ चैत ३ गते मालपोत कार्यालय भक्तपुरले आयोग गठन गरेपछि जग्गा दर्ता गरीदिने निर्णया समेत गरेको थियो । तर त्यस उपरान्त कुनै पनि आयोग नै गठन भएको छैन ।

जग्गाको विषयमा मुद्दा त छ उहाँहरुले उच्च अदालतमा नगरपालिको भवन शिलान्यास रोकी पाउँ भनी निषेधाज्ञा हालेकोे निषेधााज्ञाको टुङगो भने लगाउन नसकेको चाँगुनारायणका मेयर सोमप्रसाद मिश्रले बताए । उनका अनुसार यो सार्वजनिक जग्गा नै हो यसमा नगरपालिकाले नै मुद्दा जित्ने पक्का भएका कारणे भवन शिलान्यास गरेको जानकारी दिए ।

नगरपाकिलाले भवन शिलान्यास गरेको क्षेत्रमा हाल ४४ घर परिवार बसोबास गर्दै आएका छन् । उनीहरु सबैको आफ्नो पुर्जा भने छैन तर सरकारी निर्णयबाट चीर भोगको नै जमिन हो भनी ठहर हुँदा हुँदै पनि नगरपालिकाले स्थानीयलाई उठिबास लगाउनु जायज नभएको स्थानीय बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);