सप्तरीमा विविध कार्यक्रम गरी सरस्वती पूजा मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सप्तरीमा विविध कार्यक्रम गरी सरस्वती पूजा मनाईयो

सप्तरी, ४ फागुन । आज श्रीपञ्चमीका दिन सप्तरीमा पनि विविध कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाईएको छ । यसैगरी आज सरस्वती पूजाको दिन विभिन्न स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा तथा आराधना गर्दा ज्ञान, विद्या तथा बुद्धि बढ्ने जनविश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ । सप्तरीका सरस्वती मन्दिरहरुमा पनि मगंलबार भक्तजनहरुको घुइँचो लागेको छ ।

यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ ।

यसैगरी सरस्वती पूजाको अवसरमा स्थानीय विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सरस्वती पूजा मनाएका छन् । नगरका विद्यालयहरुले सरस्वतीपूजाको भोलीपल्ट नजिकै रहेको त्रियुगा नदीमा लगि मूर्ति विसर्जन गर्ने प्रचलन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);