नुवाकोटमा बिदुर बधशालाको शिलान्याश | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नुवाकोटमा बिदुर बधशालाको शिलान्याश

नुवाकोट, १६ बैशाख । नुवाकोटको बिदुर नगरपलिका वडा नम्बर ४ सिमचौरमा एक करोड ७३ लाख रुपैंयाँको लागतमा सोमबार बिदुर बधशाला भवनको शिलान्याश गरिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका भित्र स्वच्छ र सफा मासुजन्य पदार्थको बिक्री वितरण गराउने उद्देश्यले बिदुर बधशाला भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवनको शिलान्यास गर्दै नगरपालिकाका मेयर सञ्जु पण्डितले आमजनताले उपभोग गर्ने मासुजन्य पदार्थलाई ब्यवस्थित ढंगबाट प्रशोधन गर्न बधशाला भवनले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर गीता दाहालले स्वस्थ मासु उत्पादन र पशुको वध गर्दा निस्किएको फोहोरमैलालाई ब्यवस्थापन गर्न बधशाला भवन निर्माण कार्य सुरु गर्न लागिएको बताइन् ।

उनले नगर विकासको पहिलो खुड्किलो नै स्वास्थ्य, सरसफाई र शिक्षा क्षेत्रको विकास रहेको भन्दै नगरपालिकाले यी क्षेत्रहरुमा बजेटलाई प्राथमिकता दिएको बताइन् ।

करिब १ रोपनी क्षेत्रफलको सरकारी जग्गामा निर्माण गर्न लागिएको १० कोठे बधशाला भवनको असार मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी निर्माण गर्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);