महान्यायाधीवक्ताको कार्यालय भवन शिलान्याश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महान्यायाधीवक्ताको कार्यालय भवन शिलान्याश

काठमाडाैं, २४ असाेज । भूकम्पले क्षति पु-याएको महान्यायाधीवक्ताको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले रामशाहपथमा एक कार्यक्रमकाबीच सो भवनको बैदिक विधिअनुसार शिलान्याश गरेका हुन् ।

भूकम्पबाट पूरानो भवन चर्किएपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । करिव ८ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागिएको सो भवन ८ तलाको हुनेछ । २ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको जिम्मेवारी शर्मा/समानान्तर जेभीलाई दिइएको छ ।

९४ करोड ६६ लाख ७७ हजार ४ सय लागत अनुमान गरिएको सो भवन तोकिएको समयमै सम्पन्न हुने महान्यायाधीवक्ता खरेलले अपेक्षा गरेका छन् । उनले भवनको गुणस्तरीयता कायम गर्न ठेकेदार कम्पनीलाई सचेत गराए ।

कार्यालयको कार्य चाँपलाई ध्यानमा राखेर भवनको नक्सा र डिजाईन तयार पारिएको छ । ८ तलाको मुख्य भवनसहित सुरक्षा र क्यान्टिनको समेत भवन निर्माण हुने महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ । भूकम्प गएको ३ वर्ष ६ महिनापछि निर्माण सुरु गरिएको सो भवन समयमै बन्ने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);