वाईसीएलले दशै अवधिभर बसपार्क क्षेत्रमा स्वयंमसेवक परिचालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वाईसीएलले दशै अवधिभर बसपार्क क्षेत्रमा स्वयंमसेवक परिचालन गर्ने

ycl

काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन ‘वाईसीएल’ले दशै अवधिभर नयाँ–बसपार्क क्षेत्रमा यात्रुहरुको सुरक्षाको निम्ती स्वयंमसेवक परिचालन गरेको छ । प्रहरी तथा यातायात व्यवसायीसँगको समन्वयमा वाईसीएल नेपालले काठमाडौंको गोङ्गबु बस पार्कमा हुनसक्ने ठगि, लुटपाट लक्षित गरी बुधवारबाट स्वयंसेवक परिचालन गरेको हो ।

वाईसीएलका सचिव धिरज उपरकोटीले घटस्थापनाको दिन देखि फुलपातिको दिन सम्म बिहान ६ बजे देखि बेलुकासम्म यात्रुहरुको सुरक्षाको निम्ती स्वयंम सेवक परिचालन हुने बताए ।

प्रहरी निरीक्षक मोहन विक्रम केसीले चाडपर्वमा लक्षित गरी नयाँ बसपार्कमा निगरानी बढाएको बताए । उनले यसमा वाईसीएलले पनि स्वयंसेवक परिचालनमा गरेको जानकारी आएको र उनीहरु संग समन्वय गरी चाडपर्वमा लक्षित गरी कार्यक्रम गरिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);