चाडपर्वमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीद्धारा सुरक्षा योजना (एक रिपार्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

चाडपर्वमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीद्धारा सुरक्षा योजना (एक रिपार्ट)

महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं–तिहार लगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना अगाडी सारेको छ । चाडपर्वमा हुने चोरी डकैती लगायत अपराधिक क्रियाकलाप नियन्त्रण गर्न परिसरले सुरक्षा योजना ल्याएको हो ।

नेपालीहरुलाई दशै, तिहार, छठ जस्ता चाडपर्वले छुन थालिसकेको छ । चाडपर्वका लागि चाहिने सामाग्री किनमेलमा लागि बजारमा मानिसहरुको भीड लाग्न थालेको छ । चहलपहल बढ्ने र भीडभाड वढि हुने समयमा चोरी तथा अपराधिक गविविधि पनि बढ्ने गर्दछ ।

त्यसैलाई मध्यजर राख्दै नेपाल प्रहरी भने चाडपर्वका समयमा बढ्ने अपराधिक क्रियकलाप बाट नागरिकहरुलाई कसरी जोगाउने भन्ने तर्फ केन्द्रीत देखिएको छ । र सोहि अनूरुप सधैको वर्ष झै यस वर्षपनि महानगरिय प्रहरी परिषर काठमाडौले असोज १ गतेदेखि चाडपर्व लक्षित विषेस सुरक्षा योजना ल्याएको छ ।

चाडपर्वका लागि काठमाडौंमा ३ हजार २ सय ७१ सुरक्षाकर्मी खटाइएको छ भने चाडपर्वका समय ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्तीमा खटाईने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए ।

यस्तै, बिहान र रातको समयमा ४८ वटा मोबाइल गस्ती, ३५ वटा साइकल गस्ती, ८३ वटा क्वीक रेस्पोन्स टिम, तत्काल परिचालन गर्न सकिने १५ वटाको छुट्टै टिम, सर्च एन्ड सिल अभियानका लागि ३०, एरिया सिल र सर्चका लागि ३०, एक्बुसिङ र निगरानीका लागि ३०, सिआरभी र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने छ । नेपाल प्रहरीले जस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाले पनि विगत वर्षहरुमा जस्तै यस वर्ष पनि चाडपर्व सडक सुरक्षा योजना ल्याएको महानगरिय ट्राफिक महाशाखा काठमाडौंका प्रवक्ता संजिव शर्मा दाशले बताए ।

प्रहरीको तथ्याङ अनुसार २०७६ सालको चाडपर्वका समयमा काठमाडौ उपत्यकामा मात्र १ सय १४ चोरीका घटना भएका थिए भने २०७७ मा घटेर ७४ मात्र चोरीका घटना भएको तथ्याङ्क छ । विषेस गरी अन्य समय भन्दा चाडपर्वका समयमा चोरी, डकैती, सडक दुर्घटना जस्ता घट्ना हरु बढ्ने हुन्छ । यस्ता घटना हुन नदिन अथवा न्यूनिकरण गर्न प्रहरीको साथसाथै नागरिकको पनि उतिकै भुमिका हुन्छ । त्यसैले यस्ता घटनाबाट जोगिन स्वयं नागरिक सचेत बननु आवश्यक छ भन्ने अभियान नै चलाएको प्रहरी संगठनलाई पनि साथ दिनु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);