सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइयो

कैलाली । चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले जानकारी दिए ।
उनले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुको सहजताका लागि व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएको छ ।

कोरोनाको जोखिम कायमै रहेकोले सर्वसाधारणमा पनि सचेत भएर दशैँ मनाउन र दशैँको लागि किनमेल गर्न प्रहरीले आग्रह गरेको एसएसपी अधिकारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);