भारतसंगको पूर्वी नाकामा उच्च सतर्कता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतसंगको पूर्वी नाकामा उच्च सतर्कता

jhapa naka

खगेन्द्र घिमिरे
झापा, २७ असोज । चाडपर्वको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गदै पूर्वी नेपालको भारतसंगको खुला सीमानामा उच्च सतर्कता अपनाइएको छ । यो सयममा हुन सक्ने सम्भावित घ्नालाई ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय झापाले विशेष निगरानी बढाएको हो ।

प्रहरीले चाडपर्वको मौकाछोपी पूर्वी नाकामा अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी जस्ता गतिबिधी हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले शान्ति सुरक्षालाई भरपर्दो बनाउन ६२ वटा प्रहरी इकाईबाट १ सय ६९ स्थानमा ८ सय ३७ जना प्रहरी समेत परिचालन गरेको छ ।

त्यसैगरी, सम्भावित घटनालाई मध्यनजर गर्दै चार स्थानमा ७० जना रिजर्भ, २३ स्थानमा मोबाइल गस्ती, ५ स्थानमा अनुगमन गस्ती, ४५ वटा मोटरसाईकल गस्ती परिचालन गरेको झापाका प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले बताए ।

त्यसैगरी प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने अपराधिक गतिविधिलाई मध्यनजर गर्दै २४ सैं घण्टा गस्ती परिचालन गरिएको छ । त्यसका लागि भारतीय सुरक्षाकर्मीसँग आवश्यक छलफल, सहकार्य र समन्वय भईरहेको झापाका प्रहरी प्रमुख भिमप्रसाद ढकालको भनाई छ।

पछिल्लो समयमा पूर्वी नाका काँकरभिट्टामा विभिन्न अर्मादित कृयाकलाप हुँदै आएको छ । यसलाई रोक्ने प्रहरीसंग सहकार्य र आग्रह गरिएको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए ।

अहिले मेचीनगर भन्सार कार्यालयले सीमा क्षेत्रमा हुने अबैध ओसारप्रसार तथा भारतबाट नेपाल भित्रिन सक्ने अवैध सामानको चेकजाँचका लागि एक्स–रे मेसिन समेत जडान गरेको छ । यसले पूर्व नेपालमा दशंैको अवधीभर सुरक्षा व्यवस्था कडा हुने प्रहरीको अपेक्षा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);