सडक नबन्दा दसैंको मुखमा नगर धुलाम्मे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सडक नबन्दा दसैंको मुखमा नगर धुलाम्मे

टेकेन्द्र बस्याल

नेपालगंज, २७ असाेज । नेपालगन्ज उपमहानगरपालिकामा भित्री सडक नबन्दा दसैंको मुखमा नगर धुलाम्मे भएको छ । उपमहानगरपालिकाको बसपार्क, पुष्पलाल, न्यूरोड, बेलासपुर, भृकुटीनगर, कारकार्दो, धम्बोजी रोडहरु धुलाम्मे भएका हुन् ।

१ अर्ब ७० करोड ४५ लाख ९२ हजार लागतमा हुलाकी सडक निर्माण थालिएपनि कम समयमा हुन सकेको छैन । सडक समयमा नबन्दा विहान लगाएको कपडा दिनभरमा फोहोर हुने गरेको छ ।

त्यतीमात्र हैन, घर र भान्सामा धुलो पुग्ने गरेको नगरबासीको गुनासो छ । नेपालगन्ज पुष्पलाल चोकका यानुप्रसाद सुवेदीले काम अधुरो छोड्दा धुलोले हैरान भएको बताए ।

नगरका भित्री र मुख्य सडकमा ठेकेदारले सडक, नाला, कल्र्भट अलपत्र पार्नुका साथै निर्माण सामग्री समेत थुपारेका छन् । जसले गर्दा पार्किङ्ग, गाडी आवतजावत, पैदलयात्रा र घरभित्र बस्न समस्या छ । बसपार्क रोडमा होटल व्यवसाय गर्दै आएका सुरजकुमारले समयमा काम नहुँदा धुलो होटलमा पस्ने गरेको बताए ।

न्युरोडको मर्मतका लागि १५ बर्षपछि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ५६ करोड बजेट विनियोजन गर्दै नाला, ढल, कल्र्भट र कालोपत्रे निर्माण थालेपनि ढिलासुस्ती भईरहेको छ ।

न्युरोडको सडक, नाला, कल्र्भट लगायतको सम्पुर्ण काम दसैं अगाडी सक्ने गरि भईरहेको आशिष कुमारी जेवीका ठेकदार नविन श्रेष्ठले बताए ।

ढिलै भएपनि ५६ करोड रुपैयाँमा न्युरोड मर्मत थालिएकोले यहाँका घरधनी र व्यापारीमा केही सकरात्मक आशा भने पलाएको छ । तर, गाडी पार्किङ्ग, फोहोर व्यवस्थापन र ढल व्यवस्थापनमा अझै पहल भएको छैन । सडकहरु समयमा नबन्दा धुलो, हिलोले आसपासका नागरिक हैरानी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);