हुलाकी सडक समयमै नबन्दा स्थानियलाई सास्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हुलाकी सडक समयमै नबन्दा स्थानियलाई सास्ति

hulaki sadak

टेकेन्द्र बस्याल
बाँके, २३ असोज
। बाँके जिल्लाको विकट बघौडालाई जोड्ने हुलाकी राजमार्ग आयोजनाको काम समयमै नहुँदा यहाका स्थानियले दैनिक सास्ति खेप्दै आइरहेका छन् । २-२ पटक ठेक्का भैसकेको आयोजना ४ वर्ष अघिनै सम्पन्न भैसक्नुपर्ने भएता पनि निमार्ण व्यवसायिको चरम लापरवाही र ढिलासुस्तीका कारण सडक समयमै नबन्दा स्थानियले सास्ति खेप्नु परेको हो ।

नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्यको लागि २ पटक ठेक्का भैईसकेको छ । सुरुमा कामको जिम्मा लिएको पप्पु कन्ट्रक्शनले समयमा काम नगरेर भागेपछि अहिले गणपति कन्सट्रक्सनले ठेक्का लिएको छ । ३ बर्ष अगाडी सम्पन्न भैसक्नु पर्ने हुलाकी सडक निमार्ण व्यवसायिको चरम लार्पवाहि र ढिलासुस्तिका कारण समयमा नबन्दा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे कच्चि सडकका कारण स्थानियले हैरानी खेप्नु परेको स्थानिय नरेश चमार बताउँछन् ।

निमार्ण व्यवसायिको ढिलासुस्तीले गर्दा आसपासका घरहरुमा धुलो पस्ने गरेको छ । धुलोका कारण मानिसले लगाएका कपडा एकै दिनमा फोहोर हुने देखि स्थानियमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु समेत देखा पर्न थालेको छ । धुलो, खाडल र हिलोका कारण यो सडकमा ओहोर दोहोर गर्ने व्यक्तिहरुको अवस्था बेहाल छ अहिले । ठेकेदारले लापरवाही गर्दा अनाहकमा जनताले दुख पाएको जनप्रतिनिधिहरु बताउछन् । तर अब भने स्थानियले यस किसिमका समस्याबाट चाडै मुक्ति पाउने जनप्रतिनिधिहरुले दावि गरेका छन् ।

कच्ची बाटो बनाउँदै अलपत्र पार्दा धुलो र खाल्डोबाट बघौडाबासी आजित छन् । ४ बर्षअघि काम सक्नुपर्ने हुलाकी सडक निर्माण अहिले पनि कछुवा गतिमा भैईरहेको छ । जसका कारण सवारी चालकलाई समेत हैरानि व्यहोर्नु परेको देखिन्छ ।

यो सडकमा अहिलेसम्म ३३ प्रतिशत मात्रै काम भएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माणाधीन हुलाकी सडक बाँके जिल्लामा अलपत्र अवस्थामा छ । एक अर्ब ७० करोड ४५ लाख ९२ हजार लागतको उक्त सडकको निर्माण १९ मार्च २०१४ मा सक्नेगरी २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता भएको थियो । नेपालगन्जदेखि बघौडासम्म ४४ दशमलब ६ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);