लमही कोइलाबास हुलाकी सडकको निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

लमही कोइलाबास हुलाकी सडकको निर्माण सम्पन्न

दाङ,२३ कार्तिक । नेपाल–भारत जोड्ने लमही कोइलाबास हुलाकी सडकको निर्माण सम्पन्न भएको छ । दाङको लमहीबाट ८० किलोमिटर टाढा रहेको कृष्णनगरबाट भारतको बाटो भएर कोइलाबास पुग्ने गरेका नागरीकहरु अहिले लमहीबाट ४५ मिनेटमै कोइलाबास पुग्ने गरेका छन् । साथै नेपालबाट नेपालकै भूमिमा पुग्न पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कुनै समय नेपालको दोस्रो भन्सारको रुपमा चिनिएको कोइलाबास नाम मात्रको थियो । पूर्व पश्चिम राजमार्ग नबन्दा दाङ लगायत पहाडी जिल्लाका नागरिकहरु नुनदेखी सुनसम्म ल्याउनको लागि कोइलाबास हुदैँ भारतसम्म जाने गर्दथ्ये । तर पूर्व पश्चिम राजमार्ग बनेपछि पनि पक्कि बाटो नहुदाँ कोइलाबास सुनसान बनेको थियो ।

बाटो नहुँदा सधैँ भारतको बाटो हिड्नुपर्ने गढवा गाउँपालिका ८ कोइलावासका स्थानीयहरुको दुःख नयाँ बनेको सडकले अन्त्य गरिदिएको छ । यो सडकको निर्माण कार्य ४ वर्षअघि सुरु भएको थियो । सडक बनेपछि लमहीबाट कोइलाबास नाकासम्मको दूरी साढे ३३ किलोमिटर छ । सडक कालोपत्रे भएपछि लमहीबाट ४५ मिनेटमा सहजै कोइलाबास पुग्न सकिने भएको हो ।

हुलाकी सडक अन्तर्गत पर्ने गढवा बजारको मुहार समेत यही सडकका कारण फेरिएको छ । सडक पेटी, रेलिङ्ग र फराकिलो सडकले यहाँको सुन्दरता बढाएको छ । ७० करोडको लागतमा सडक निर्माण कार्य सकिएको हो । भन्दा १ बर्ष ढिला काम सकिएको हो ।

लमहीबाट कोइलाबासको दूरी साढे ३३ किलोमिटर मात्रै हो । लमहीबाट कृष्णनगर ८० किलोमिटर टाढा पर्छ । लमहीबाट नेपालगञ्जको दूरी १ सय २५ किलोमिटर छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीबाट सबैभन्दा कम दूरीमा पर्ने नाका कोइलाबास रहेकाले नयाँसडक र नाका दुवैको महत्व बढेको र यसले गर्दा व्यवसायीहरुलाई समेत फाइदा पुग्ने विश्वास गरिएको छ ।

बाटो निर्माण पश्चात आन्तरिक पर्यटकको बृद्धि पनि भएको छ । यस्तै स्थानीयले पनि बाटो बनेपछि आफ्नो काम समयमै गरेर फर्किन सकिने भएकोले सहज भएको बताएका छन् ।बाटो बनेपछि चालु आर्थिक बर्षमा १२ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । तर कोरोना महामारी सुरु भएयता कोइलाबास भन्सारबाट राजश्व संकलन हुन सकेको छैन् ।

साउन र भदौमा मासिक ५–५ हजार गरी १० हजार मात्रै राजश्व संकलन भएको थियो । यो नाका बृहतरुपमा सुचारु गर्न नेपाल र भारत दुवैले ध्यान दिन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);