वीरगञ्ज महानगरपालिका भित्र रहेका सबै विद्यालयहरु खुले | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

वीरगञ्ज महानगरपालिका भित्र रहेका सबै विद्यालयहरु खुले


पर्सा,२३ कार्तिक। पर्साको वीरगञ्ज महानगरपालिका भित्र रहेका सबै विद्यालयहरु खुलेका छन् । वीरगञ्ज महानगरपालिले नगरमा सञ्चालित सम्पूर्ण विद्यालयहरुलाई पठनपाठन सुरु गर्ने निर्देशन दिएपछि विद्यालयहरु खुलेका हुन् ।

पर्साको वीरगञ्ज महानगरपालीका भित्र रहेका सामुदायिक बिद्यालयहरू कार्तिक २३ गतेबाट सञ्चालनमा आएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड कडा रुपले पालना गरी विद्यालयहरुलाई संचालन गर्न वीरगन्ज महानगरपालिकाले निर्देशन दिएको हो ।

साबुन पानीले हात धुने, मास्क, पञ्जा, स्यानीटाईजरको व्यवस्थापन, एउटा बेन्चमा बढीमा दुई जना मात्र विद्यार्थी राख्दै भौतिक दुरी जस्ता मापदण्डको पालना गरी कक्षा सञ्चालन गरिएको हो ।

सामुदायीक बिद्यालयहरुलाई क्वारेन्टीन बनाएका कारण विद्यालयमा रहेका कुर्सी, बेन्च, कक्षा कोठामा लगाईएका सिसि क्यामरा, पंखा तथा अन्य संरचनाहरू भत्किएकोले फेरि मर्मत गर्नु परेको थियो । साथै विद्यार्थी, शिक्षक तथा अभिभावककालागि मास्क, स्यानीटाईजर, थर्मल गनको व्यवस्था गरी पठनपाठन सुरु गरिएको हो ।

सामुदायिक विद्यालयहरुलाई पनि प्रथम चरणमा निजि झैँ कक्षा ८, ९ र १० को पठनपाठन सुरु गरिएको हो । अन्य कक्षा सञ्चालनकालागि भने अभिभावकको अनुमति लिएर मात्र विद्यार्थीलाई विद्यालयमा बोलाउन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई निर्देशन दिएको महानगरपालीकाले जनाएको छ ।

वीरगञ्ज भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंगको छलफलबाट महानगरपालीकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो । लामो समय पछि स्कुल गएर पठनपाठन गर्न पाउँदा विधार्थीहरू खुसि भएका छन् । विरगञ्जमा निजि विद्यालयहरु कार्तिक १३ गतेबाट नै संचालन भइसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);