दाङको कोईलावासमा निर्माणाधिन हुलाकी राजमार्गको मुआव्जा वितरणमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङको कोईलावासमा निर्माणाधिन हुलाकी राजमार्गको मुआव्जा वितरणमा ढिलाई

दाङ, २४ पुस । दाङको लमही नगरपालिकाको कोइलावासमा निर्माण हुँदै गरेको हुलाकी राजमार्गको मुआब्जा वितरणमा ढिलाई हुँदा निर्माण कार्यले गति लिन सकेको छैन ।

मुआब्जा बितरणमा ढिलाई हुदा दाङमा हुलाकी राजमार्गको निर्माण कार्यमा ढिलाई भएको छ । सडकको मध्य भागबाट दायाँ बाँया गरी कुल ३० मिटर क्षेत्रलाई लमही–कोइलावास हुलाकी सडकको क्षेत्र तोकिएको छ ।

आवश्यक सडक क्षेत्र अधिग्रहण गर्न सरकारले झण्डै ७ सय कित्ताका जग्गाधनीलाई करिब ३५ करोड रकम मुआब्जा वितरण गर्नुपर्ने छ । तर, सम्झौता सकिन ४ महिना मात्र बाँकी रहँदा पनि अहिलेसम्म सबै जग्गाधनीलाई मुआब्जा वितरण हुन सकेको छैन ।

कतिले जग्गाकै मुआब्जा पाएका छैनन् भने कति जग्गाको मुआब्जा बुझीसकेका कतिले घरको पनि मुआब्जा माग गर्न थालेका छन् ।

हुलाकी सडक आयोजना कार्यालयको योजना अनुसार कालोपत्रे सडक ७ मिटर चौडा हुने, पिचदेखि नालासम्म दायाँ बायाँ २९ मिटर चौडा ग्राभेल गरिने र त्यसपछि एक मिटरको नाली बनाइने छ ।

उता लमही कोइलावास हुलाकी सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाएर गढवा क्षेत्रमा ३० मिटर सडक खुल्ला गराइएको छ । लमहीदेखि कोइलावाससम्मको ३३ किलोमिटर लामो सडकमा अहिलेसम्म २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

जग्गा धनीको कागजी प्रक्रिया नमिलेकाले मुआब्जा वितरणमा ढिलाई भएको लमही नगरपालिकाका प्रवक्ता विमबहादुर केसीले बताउनु भयो ।

स्थानीयको भौतिक संरचनाले त निर्माण अवरोध गरेको छ नै सरकारी संरचना, खानेपानीको पाइप, टेलिकमका सामग्रीहरु र बिद्युतका पोलहरु लगायतले पनि अवरोध पु-याएको निर्माण कम्पनीको भनाई छ ।

मुआब्जाका कारण करिब एक किलोमिटर बजार क्षेत्रमा सडक क्षेत्रभित्र भौतिक संरचनाहरु नहटाउँदै निर्माण कम्पनीले भने कालोपत्रेको तयारी गरेको छ । सडक निर्माण कम्पनीले पुरानो कालोपत्रे उप्काएर नयाँ कालोपत्रेको थालनी गरिसक्दा समेत सम्वन्धित निकाय मौन देखिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);