संगठित रुपमा उद्यमी बन्दै बाँकेका महिला | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

संगठित रुपमा उद्यमी बन्दै बाँकेका महिला

mahila udhyami bake

बाँके, २४ पुस । देशमा आएको परिवर्तन संगै आजभोली समाजको सोच र दृष्टिकोणमा पनि विस्तारै परिवर्तन आउन थालेको छ । यसको एउटा उदाहरण हो, बाँकेका महिलामा बिकास भएको उद्यमसिलता । कुनै समय चुलो चौकोमा सिमित रहेका महिला अहिले संगठित रुपमा नै उद्यमी बन्न खोजिरहेका छन् ।

एक समयमा बाँकेका प्राय महिलाको दैनिकि घरभित्रमात्र थियो । तर अहिले महिला र समाज दुबैको सोच र व्यवहारमा परिवर्तन आएको छ । पछिल्लो समयमा बाँकेका धेरै महिला रोजगारीमा छन् । यसले परिवारको आर्थीक अवस्था र महिला सशक्तीकरण दुवैमा सुधार भएको छ । यहाँका महिला गार्मेन्ट उद्योग, किराना पसल, कृषि तथा पशुपालन लगायतका व्यवसायहरुमा अग्रसर भएका छन् । केहि महिलाले त समुह बनाए नै उद्योग संचालन गर्दै आएका छन् ।

महिलाहरु आफै उद्यमी त भएका छन् नै, संगै रोजगारीमा जानेको संख्या पनि बढ्दै गएको छ । गार्मेन्टमा काम गर्ने महिलाको मासिक आम्दानी २० देखी ३५ हजारसम्म रहेको छ ।

तर आम्दानी जस्तै महिला उद्यमीका समस्या पनि धेरै छन् । बिशेषत आर्थिक पाटोका कारण संचालनमा आएका उद्योग व्यवसायपनि धरापमा पर्न थालेको उद्योगी व्यवसायी महिलाहरुले गुनासो गर्दै आएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार बाँकेमा ८ प्रकारका उद्योगमा स–साना देखि ठूला उद्योगहरु करिव ७ हजार ५ सय रहेका छान् । जसमा १३ वटा गार्मेन्ट उद्योगहरु संचालनमा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);