वीरगञ्ज नाकाबाट मानव तस्करी बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वीरगञ्ज नाकाबाट मानव तस्करी बढ्दो

वीरगञ्ज, २४ पुस । पर्साको सदरमुकाम वीरगञ्ज नाकाबाट लामो समयदेखि मानव तस्करी भईरहेको पाईएको छ । भारतसंग खुल्ला नाका रहेको कारण विरगञ्ज नाकाबाट मालसामानको तस्करीसँगै लामो समयदेखि मानव तस्करी भईरहेको पाइएको हो ।

पछिल्लो समय वीरगञ्ज नाकाबाट मानव तस्करी बढ्दै गएपछि रोकथामका लागि प्रहरीसंग बिभिन्न संघसंस्थाहरुले हातेमालो गर्दै आएका छन् । यसै क्रममा चेलीबेटी बेचबिखन विरुद्ध माईती नेपाल नामक संस्थाले एक बर्षको अवधिमा वीरगञ्ज नाकाबाट ३३ महिलालाई उद्धार गरेको छ ।

सन् २०१९ मा माईती नेपाल पर्साले दलालहरुको चंगुलमा परी भारतमा बेचिएका ३३ जना महिलालाई नेपाल फर्काएको थियो ।

कतिपय अवस्थामा सरकारी लापरवाहीका कारण यस प्रकारका घटनामा बढावा भएको स्थानीयको आरोप छ । सुरक्षा निकाय बढी जिम्मेवार हुन पर्ने सर्वसाधारणको भनाई छ ।

सामाजिक सञ्जाल फेसबुक, चिनजानका मानिस, आफन्त र भारतबाट काम गर्न नेपाल आएका मानिसबाट लोभमा परि बढी पैसा कमाउने लालचाले अधिकांश विवाहित महिला बेचिने गरेको पाइएकोले सतर्क रहनु पर्ने अभियन्ताको सुझाव छ।

यता पर्सा प्रहरीले भने प्रहरी संयन्त्रको सतर्कताका कारण जोखिम कम भएको र यति मात्रामा चेलीबेटीहरुको उद्धार गर्न सफल भएको दावी गरेको छ । प्रहरीले बिभिन्न संघ संस्थाको सहयोगमा आफ्नो जिम्मेवारी पुरा गरी रहेको पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाही बताउनु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);