वीरगञ्ज नाकाबाट ४०० जना नेपाली भित्र्याइँदै (भिडियाे सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वीरगञ्ज नाकाबाट ४०० जना नेपाली भित्र्याइँदै (भिडियाे सहित)

वीरगञ्ज, १४ जेठ । काेभिड १९ का कारण अहिले विश्व नै लकडाउनमा छ । लकडाउनका कारण भारतमा अलपत्र परेका बुधवार वीरगञ्ज नाकाबाट करिब ४०० जना नेपाली भित्र्याइँदै छ । भारतको रक्सौल र आसपासका क्वारेन्टाइनमा राखिएकाहरूलाई नेपाल भित्र्याउन लागिएको हो।

स्वास्थ्य जाँचपछि मात्र नेपाल प्रवेश गराउन लागिएको छ । लकडाउनका बेला भारतका विभिन्न स्थानबाट आएर सीमामा रोकिएका ३० ओटा जिल्लाका करीब ४०० जना नेपालीलाई भित्र्याउन लागिएको हाे।

रक्सौलको क्वारेन्टाइनमा अलपत्र नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको यो भन्दा पहिला प्रयास गरे पनि भारत सरकारले नेपाली नागरिक लाई छाड्न आदेश दिएको थिएन । बुधबार बिहान भारत सरकारले आधिकारिक पत्र पठाई सके पछि भारतीय पदाधिकारीहरुले नेपालको लागि छाडेका थिए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पनि पठाईएको थियो ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);