१५ सय नेपाली सीमामा अलपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

१५ सय नेपाली सीमामा अलपत्र

Darchula-tyub

काठमाडौँ, १९ चैत । लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमा क्षेत्रमा करिब एक हजार नेपाली अलपत्र परेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका उनीहरू कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि घर फर्किँदै थिए ।

प्रहरीको तथ्यांकअनुसार अलपत्र पर्ने नेपालीको संख्या सुनौलीदेखि दार्चुलासम्मका नाकामा धेरै छ । यहाँका नाकाबाट आवागमनमा पूर्णतः रोक लगाइएको छ । सबैभन्दा धेरै दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलामा करिब एक हजार नेपाली अलपत्र परेका छन् । नेपाली प्रशासनले महाकाली नदीको पुलको गेट नखोलेपछि भारतीय प्रशासनले उनीहरूलाई पाँच ठाउँका क्वारेन्टाइनमा राखेको छ ।

त्यस्तै, बेलहिया नाका हुँदै भित्रिन लागेका रूपन्देही, अर्घाखाँची, गुल्मी, चितवनलगायतका जिल्लाका दुई सय ९८ नेपाली पनि भारतीय भूमिमा तीन दिनदेखि अलपत्र छन् । त्यसमा बालबालिकासमेत छन् । कञ्चनपुरको वनबासामा ८३ र टनकपुरमा १७ नेपाली अलपत्र परेका छन् । महोत्तरीको सम्सी नाका हुँदै नेपाल आउन लागेका १७ नेपालीलाई पनि भारतमै रोकेर क्वारेन्टाइनमा राखिएको छ । अन्य केही नाकामा थोरै संख्यामा रोकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाली मात्रै होइन, करिब पाँच सय भारतीय नागरिक पनि नाकामा अलपत्र परेका छन् । नेपालमा मजदुरी गर्ने उनीहरू स्वदेश फर्कने क्रममा सीमा बन्द हुँदा रोकिएका हुन् । आइतबारसम्म भारतले आफ्ना नागरिकलाई प्रवेश दिइरहेको थियो । तर, सोमबारदेखि पूर्णतः रोक लगाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);