३ सय नेपाली भारतीय नाका पानी ट्यांकीमा अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ सय नेपाली भारतीय नाका पानी ट्यांकीमा अलपत्र

काठमाडाैं, १० चैत । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब ३ सय नेपाली भारतीय नाका पानी ट्यांकीमा अलपत्र परेका छन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थीहरु छन् ।

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब ३ सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेले सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षण गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);