१ सय ७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१ सय ७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइयो

पुजन घिमिरे
झापा, ९ फागुन । मानव बेचबिखनको जोखिममा परेका एक सय ७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार गरि नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा विभिन्न देशमा लाने भनी भारतमा अलपत्र पारिएका नेपालीलाई माइती नेपालको पहलमा उद्धार गरेर मंगलबार झापाको काँकरभिट्टा नाका हुँदै नेपाल फर्काइएको छ ।

नेपालका विभिन्न जिल्लाहरुबाट अवैध रुपमा भारत हुँदै इराक र संयुक्त राज्य इमिरेट्स लैजान लागिएका एक सय ७९ नेपालीहरुलाई भारतको मणिपुरबाट उद्धार गरी नेपाल फर्काइएको हो । मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकरभिट्टाबाट नेपाल फर्काइएको हो ।

उद्धार गरिएकोमा एक सय ४७ जना महिला र ३२ पुरुष रहेका छन् । उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र त्यहाँबाट आठ वटा बसमा राखेर मंगलबार काँकडभिट्टा हुँदै नेपाल ल्याइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

भारतबाट उद्धार गरिएकालाई काठमाडौँका विभिन्न पुर्नस्थापना केन्द्रमा राखिनेछ । घटनाबारे थप अनुसन्धान गरी संलग्न दलाललाई कारवाहीको प्रक्रिया अगाडी बढाउने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।

भारतमा अलपत्र पारिएका नेपालीको माइती नेपाल, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको हो । देशमा बेरोजगार समस्या बिकराल बनेपछि नेपाली युवा युवती दलालको शिकार हुने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);