अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली आज काठमाडौं आइपुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली आज काठमाडौं आइपुगे

काठमाडाैं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली आज नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतको दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज नेपाल आइपुगेका हुन ।

अफगानिस्तानस्थित वेलायती दुतावासमा कार्यरत ८६ मध्ये ६१ सुरक्षा गार्डलाई बेलायतले उद्दार गरी नेपाल ल्याएको हो । बाँकी २५ पनि आजै साझसम्ममा नेपाल आइपुग्ने बताइएको छ । नेपाल आइपुगेका सबैलाई सामाखुसीस्थित राधा स्वामी सत्संग भवनमा लगेर एन्टीजेन परिक्षण गरिनेछ ।

रिपोर्ट नेगेटिभ आएकालाई घर पठाउने र पोजेटिभ आएकालाई आइसोलेसनमा राखिने तयारी भएको बताइएको छ । मंगलबार र बुधबार गरेर अफगानीस्तानबाट २ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् ।

यसैबीच बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगिएको छ । बेलायती सेनाले उद्दार गरेको ती नेपालीलाई नियमित उडानमार्फत काठमाडौं ल्याइने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);