अमेरिकाले काबुलबाट उद्धार गरेका ११८ नेपाली स्वदेश आइपुगे | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

अमेरिकाले काबुलबाट उद्धार गरेका ११८ नेपाली स्वदेश आइपुगे

काठमाडौं । अफगानिस्तानको काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

अमेरिकाले काबुलबाट उद्धार गरी १ सय १८ जनालाई कतारको दोहा पुर्‍याएको थियो । दोहाबाट जजिरा एयरको विमानमार्फत् उनीहरुलाई आज बिहान नेपाल ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयले सामाजिक संजाल ट्वीटरमार्फत् ११८ जना नेपाली काठमाडौं आएको जानकारी दिएको छ ।

उद्धार गरेर ल्याइएका नेपालीहरु अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। 

Leave a Reply