अमेरिकी सैनिकको पहिलो उद्धार टोली अफगानिस्तानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकी सैनिकको पहिलो उद्धार टोली अफगानिस्तानमा

एजेन्सी । तालिबान विद्रोहीको आक्रमण बढेपछि आफ्ना नागरिक उद्धारको लागि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको हो ।

अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।

हिंसाकाकारण अहिलेसम्म दुई लाख ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । तालिबानले हिजो अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ । काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानले कब्जा गरिसकेका खबरमा उल्लेख छ ।

राष्ट्र संघका अनुसार पछिल्लो एक महिनामामात्रै अफगानिस्तानमा एक हजार भन्दा बढी गैर–सैनिक मारिएका छन् ।अफगानिस्तानमा झण्डै चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय ओसीएचएका अनुसार मानिसहरु सुरक्षाको खोजीमा काबुल र अरु ठूला सहरमा आइपुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);