अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तानमा

एजेन्सी । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तान पुगेका छन् ।

अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानका नेताहरू सँगको भेटका लागि उनी अफगानिस्तान पुगेको बताई छ । बर्नस्ले अफगानिस्तान नियन्त्रणमा लिएका तालिबानका नेताहरूलाई काबुलमा भेटघाट गर्न अफगानिस्तान पुगेकोे अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जे बर्नसले् तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादार संग भेट गरेको बताईएको छ । बारादारसँगको भेटवार्ता काबुलको एक गोप्य स्थानमा भएको उल्लेख गरिएको छ । अमेरिकाले अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता लैजान अल्टिमेटम दिएपछि बर्नस् अफगानिस्तान पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए । तालिबानहरूले सोचेभन्दा निकै चाँडो काबुल कब्जा गरेपछि राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तानबाट सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न दवाव परिरहेको छ ।

बाइडेनले पनि अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका छन् । अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ ।

इतिहासकै सबैभन्दा कठिन भनिएको उद्धार गरिरहेको अमेरिकाले तालिबान नेताहरूसँग कुरा गर्न आफ्ना अनुभवी गुप्तचरलाई काबुल पठाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);