अमेरिकाले थप ७ सय सेना अफगानिस्तान पठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाले थप ७ सय सेना अफगानिस्तान पठाउने

अमेरिकी निर्णबाट नडराउने विद्रोही तालिवान लडाकुको चेतानी

एजेन्सी, ३० पुस । अमेरिकाले थप ७ सय सेना अफगानिस्तान पठाउने भएको छ । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगका लागि थप सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्घृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आतंकवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति तालिवान लडाकुले भने आपत्ति जनाएको छ ।

तालिवानका प्रवक्ता जाविउल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै हजारौँको संख्यामा अफगानिस्तान आएको अमेरिकी सेनाले आफ्नो समूहमाथि विजय हासिल गर्न नसक्ने भन्दै थप ७ सय सेना पठाउने निर्णयबाट तालिवान नडराउने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतंकवादविरुद्ध लड्ने नयाँ प्रशासनिक रणनीति बनाउँदै थप सेनालाई अफगानिस्तान पठाउने निर्णय लिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);