राष्ट्रपति ट्रम्प एकदमै स्वस्थ छन् | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

राष्ट्रपति ट्रम्प एकदमै स्वस्थ छन्

trump

एजेन्सी, ३० पुष ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प “एकदमै स्वस्थ” रहेको ह्वाइट हाउसस्थित उनका चिकित्सकले बताएका छन्। राष्ट्रपति भएपछि ७१ वर्षीय ट्रम्पले पहिलो पटक आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन्।

शुक्रवार तीन घण्टा लगाएर सेनाका डाक्टरहरूले गरेको ट्रम्पको स्वास्थ्य परीक्षण “निकै राम्रो ढङ्गले” सम्पन्न भएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याक्सनले बताएका छन्। स्वास्थ्य परीक्षणबारे मंगलवार थप जानकारी गराइने उनले बताए।

अर्को चरणको परीक्षण ट्रम्पको शारीरिक स्वास्थ्यमै केन्द्रित हुने ह्वाइट हाउसले स्पष्ट पारेको छ। ट्रम्पको मानसिक स्वास्थ्य परीक्षणको चाहिँ कुनै योजना नरहेको बताइएको छ। तर माइकल वूल्फको एउटा विवादास्पद पुस्तकपछि ट्रम्पको मानसिक स्वास्थ्यसम्बन्धी अड्कलबाजीले बढावा पाएको छ।

वूल्फको ‘फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’मा दावी गरिएको छ- ह्वाइट हाउसभित्रका ट्रम्पका सबै सहयोगीले उनलाई ‘बच्चाको रूपमा’ हेर्ने गरेका छन् जसलाई ‘तत्काल रिझाउनुपर्ने’ हुन्छ। ट्रम्पले वूल्फको किताब “झुटले भरिएको” प्रतिक्रिया दिएका थिए। त्यसैगरी विदेशमन्त्री रेक्स टिलर्सनले राष्ट्रपतिको मानसिक स्वास्थ्य खस्किँदै गएको भन्ने दावीको खण्डन गरेका थिए।

ह्वाइट हाउसस्थित ट्रम्पका चिकित्सको घोषणा यसअघि लामो समय उनका निजी चिकित्सक रहेका हारोल्ड बर्नस्टिनको भनाइ जस्तै सुनिन्छ। सन् २०१५ को डिसेम्बरमा बर्नस्टिनले ट्रम्प “अहिलेसम्मकै सबैभन्दा स्वस्थ्य अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित हुने” बताएका थिए।

ताजा समाचार