ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने पक्का : डाक्टर फौची | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने पक्का : डाक्टर फौची

एजेन्सी, १३ कार्तिक । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् ।

डाक्टर फौचीले ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित भएको बताएका हुन् । मास्कबिनै र भौतिक दूरी कायम नगरी मानिसहरुको भीड जम्मा गर्नु सम्भावित ’सुपरस्प्रेडिङ’ को आयोजना भएको फौचीले बताएका छन् ।

उनले ह्वाइट हाउसमा आयोजित एक सभापछि ट्रम्प प्रशासनका कैयौं कर्मचारीलाई कोरोना संक्रमण भएको उदाहरण दिँदै स्वास्थ्य मापदण्डबिना चुनावी र्‍याली गर्नु संक्रमण फैलाउनु भएको बताए ।

डाक्टर फौचीले अमेरिकाभर लकडाउन गरेको भए कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्ने सम्भावना रहेको पनि बताए । आर्थिक रुपमा घाटा भए पनि अस्ट्रेलियाको मेलबर्नमा गरिएको लकडाउन प्रभावकारी देखिएको पनि उनले उदाहरण प्रस्तुत गरे ।

कोरोना संक्रमणबाट नराम्ररी प्रभावित अस्ट्रेलियाको मेलबर्न सहरमा कोरोनाका नयाँ केस आउन बन्द नहुन्जेलसम्मका लागि पूर्ण रुपमा लकडाउन गरिएको थियो । जुन प्रभावकारी पनि देखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);