कोरोना महामारीकाबीच विद्यालय सञ्चालन गर्ने ट्रम्प प्रशासनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना महामारीकाबीच विद्यालय सञ्चालन गर्ने ट्रम्प प्रशासनको तयारी

trump-school

एजेन्सी , २५ असार । अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलको नेतृत्वकर्ता उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको स्पष्ट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको शिक्षा मन्त्रालयमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले ट्रम्प प्रशासनका कार्यहरूको बचाउ गर्दै, संक्रमणका मामिला स्थिर हुँदै गएको भन्दै विद्यालय सञ्चालन गर्नुपर्ने बताउनु भयो । साथै उहाँले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिएका छन् ।

अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुने गरेको छ । तर, संक्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसको संक्रमण पहिलो लहरकै खतरा अहिले पनि नसकिएको कारण विद्यालय खोल्नु घातक हुने चेतावनी दिनु भएको छ ।

ट्रम्प प्रशासनले संक्रमणको अवस्था स्थिर रहेको बताइरहँदा अमेरिकामा एकै दिन अहिले सम्मकै सबैभन्दाबढी ६१ हजार ८ सय ४८ जना संक्रमित थपिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);