कोरोना खोप लगाउनेलाई १ सय अमेरिकी डलर दिन अमेरिकी राष्ट्रपति बाइडनको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोना खोप लगाउनेलाई १ सय अमेरिकी डलर दिन अमेरिकी राष्ट्रपति बाइडनको आह्वान

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउनेलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन । अमेरिकामा कोरोना संक्रमण बढिरहेको तर खोप लगाउने दरमा कमी भइरहेको बेला बाइडनले ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने छ । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएकालाई पनि मास्क अनिवार्य गनै आवश्यक रहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी कडा निर्देशन पनि जारी गरेका छन । । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने बाइडनको भनाइ छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);