चीनको नान्जिङ सहरबाट फैलिरहेको कोरोना संक्रमणलाई वुहानपछिको सबैभन्दा खराब स्थितिको संज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनको नान्जिङ सहरबाट फैलिरहेको कोरोना संक्रमणलाई वुहानपछिको सबैभन्दा खराब स्थितिको संज्ञा

एजेन्सी । चीनमा कोरोना संक्रमण वुहानपछिको सबैभन्दा खराब स्थितिमा पुगेको आशंका गरिएको छ।

चीनको नान्जिङ सहरबाट फैलिएको कोरोना संक्रमण प्रकोेपकै रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको चिनियाँँँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेको अवस्थालाई कोरोना संक्रमणको उद्गम स्थल वुहानपछिको सबैभन्दा व्यापक महामारी को सङ्ज्ञा दिइएको छ । जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि करिब डेढ साता भित्र अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म झन्डै २०० जना संक्रमित भइसकेका छन् ।

परीक्षणले उक्त भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । रोकथाम तथा नियन्त्रणको प्रयासमा आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिने भएको छ ।

साथै सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ । कोरोना भाइरसको अतिसंक्रामक डेल्टा भेरियन्टका कारण संक्रमण तिब्र रुपमा फैलन सक्ने भन्दै अधिकारीहरुले सचेत गराएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);