भारतमा थप ४१ हजार ६ सय संक्रमित, ५ सय ९३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतमा थप ४१ हजार ६ सय संक्रमित, ५ सय ९३ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६ सय ४९ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १७ लाख ७६ हजार ३ सय १५ पीसीआर परीक्षणमध्ये ४१ हजार ६ सय ४९ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार २ सय ९१ संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा ३ करोड ७ लाख ८१ हजार २ सय ६३ ले कोरोना जित्न सफल भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुने पाँच सय ९३ सहित भारतमा कुल ४ लाख २३ हजार ८ सय १० संक्रमितले ज्यान गुमाईसकेका छन् ।

भारतमा हाल चार लाख ८ हजार ९ सय २० सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म ४६ करोड १५ लाख १८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);