भारतमा संक्रमणका कारण एकैदिन १३४१ को मृत्यु, २ लाख ३४ हजारभन्दा धेरै संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भारतमा संक्रमणका कारण एकैदिन १३४१ को मृत्यु, २ लाख ३४ हजारभन्दा धेरै संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६ सय ९२ कोरोना संक्रमित थपिएका छन् । भारतमा हरेक दिन दैनिक संक्रमित हुनेको संख्या उच्च भएको रेकर्ड बन्दै आएको छ । यसअघि शुक्रबार भारतमा दुई लाख १७ हजार ३ सय ५३ नयाँ संक्रमित थपिएका थिए ।

यो पनि पढ्नुहोस

भारतमा एकै दिन संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघ्यो
भारतमा दैनिक संक्रमित संख्या झन्डै २ लाख पुग्यो

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ४५ लाख २६ हजार ६ सय ९ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय ४१ को मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणका कारण एक लाख ७५ हजार ६ सय ४९ हजारले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा १६ लाख ७९ हजार ७ सय ४० सक्रिय संक्रमित छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक लाख २३ हजार ३ सय ५४ लगायत जम्मा एक करोड २६ लाख ७१ हजार २ सय २० संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ ले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);