भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार संक्रमित थपिए, मृत्यु हुनेको संख्या भने ४ हजार माथि | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार संक्रमित थपिए, मृत्यु हुनेको संख्या भने ४ हजार माथि

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १९ लाख २० हजार ४ सय ७७ पीसीआर परीक्षणमध्ये ८४ हजार ३ सय ३२ मा संक्रमण पुष्टि भएको हो । दैनिक संक्रमितको यो संख्या भारतमा ७० दिन यता कै न्यूनमा झरेको हो ।

यो पनि पढ्नुहोस

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त

योसँगै भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या दुई करोड ९३ लाख ५९ हजार १ सय ५५ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने पुनः चार हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा चार हजार २ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने एक लाख २१ हजार ३ सय ११ सहित भारतमा जम्मा २ करोड ७९ लाख ११ हजार ३ सय ८४ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा १० लाख ८० हजार ६सय ९० सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २४ करोड ९६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);