कोरोना प्रभावित अर्थतन्त्रसहितका क्षेत्रको विकासका लागि सहकार्य गर्न बेलायती प्रधानमन्त्री जोन्सनको अपील | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना प्रभावित अर्थतन्त्रसहितका क्षेत्रको विकासका लागि सहकार्य गर्न बेलायती प्रधानमन्त्री जोन्सनको अपील

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपील गरेका छन् ।

धनी राष्ट्रहरुको समूह जी सेभेन शिखर सम्मेलनको उद्घाटन सत्रमा जोन्सनले कोरोनाको प्रभावबाट मुक्त भएर अघिबढ्न विश्वका नेताहरुसँग अपील गरेका हुन् । बेलायतमा सुरु भएको जी सेभेन शिखर सम्मेलनमा सहकार्यमा जोड दिइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीबाट सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्ने वेलायती प्रधानमन्त्री जोन्सनको भनाइ छ । जी सेभेनको सम्मेलनमा अर्थतन्त्रसँगै कोरोना भाइरसविरुद्धको खोपको वितरणको विषयले पनि प्राथमिकता पाएको बताएको छन् ।

सम्मेलनको उदघाटनसत्रपछि जी सेभेनका नेताहरु बेलायती महारानी एलिजाबेथ द्वितियले आयोजना गरेको रात्री भोजमा सहभागि भए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेता तीन दिने सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनबाट जि सेभेनले कोरोना विरुद्धको १ सय करोड मात्रा खोप उपलब्ध गराउने घोषणा हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);