बेलायतद्वारा दश करोड डोज कोरोना खोप वितरण गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतद्वारा दश करोड डोज कोरोना खोप वितरण गर्ने घोषणा

एजेन्सी । बेलायतले दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका छन् ।

यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज खोप र बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ ।

कोर्नवालमा सुरु हुने जी–सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । कोभ्याक्स कार्यक्रममार्फत् विश्वका गरिब देशहरूले खोप पाउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);