बेलायतले स्वीकृति दियो अक्सफोर्डले बनाएको खोपलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बेलायतले स्वीकृति दियो अक्सफोर्डले बनाएको खोपलाई

एजेन्सी, १५ पुष । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै खोप सर्वसाधारणको प्रयोग गर्न मिल्ने भएको छ ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई बेलायतको नियामक निकायले बुधबार स्वीकृति प्रदान गरेको हो ।बेलायतले सो खोपको उत्पादक एस्ट्राजेनेकासँग खोपको १० करोड डोज लिने भएको छ । सो खोप प्रति व्यक्ति दुई डोजका दरले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै खोपहरु प्रयोगमा बेलायतले प्रक्रिया अगाडि बढाएको हो । यसअघि अक्सफोर्डले निर्माण गरेको खोप सुरक्षित र प्रभावकारी रहेको समेत भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);