अक्सफोर्ड युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको खोपलाई भारतमा मान्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अक्सफोर्ड युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको खोपलाई भारतमा मान्यता

एजेन्सी, १९ पुष । भारतमा अक्सफोर्डको खोपलाई अनुमति दिइएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनको कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले अक्सफोर्डको कोरोना खोपलाई प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको हो ।

अनुमतिसँगै भारतमा खोप लगाउने बाटो खुलेको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माता कम्पनी एस्ट्रेजेनेकाको सहयोगमा यो खोप बनाएको हो । भारतको पुणे स्थित सीरम इन्स्टिच्यूट अफ इण्डियाले एस्ट्रेजेनेकासँग खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।

सीरम इन्स्टीच्यूटका अतिरिक्त अमेरिकन र जर्मन कम्पनी फाइजर र बायोटेकले पनि भारत सरकारसँग आफ्नो फाइजर खोपका लागि अनुमति मागेको थियो ।

बेलायतले यसअघि नै फाइजर खोपलाई अनुमति दिइसकेको थियो । भारतले नेपाल लगायत आफ्ना मित्र देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराउने बाचा गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);