इस्लामिक लडाकु समूहकाे आक्रमणबाट नाइजरमा ७९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इस्लामिक लडाकु समूहकाे आक्रमणबाट नाइजरमा ७९ जनाको मृत्यु

एजेन्सी, १९ पुष । अफ्रिकी मुलुक नाइजरका दुई गाउँमा इस्लामिक लडाकु समुहको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ भने १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा र टेचोम्बाङगुमा गरि ७९ जना मारिएका हुन् ।

टेचोम्बाङगुमो गाउँमा करिब ४९ जना गाउँलेको हत्या भएको र १७ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै अर्को गाउँ जारोमदारयमा करिब ३० जनाको हत्या भएको बताइएको छ ।

घटनालाई लिएर नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिनुभएको छ । अफ्रिकाको सहेल क्षेत्रमा पछिल्ला दिनहरुका लडाकु समुहले हिंसात्मक गतिविधिलाई तीव्रता दिदैं आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);