भारतको गाजियावादको एक शव दाहान स्थलको छत भत्किँदा २४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

भारतको गाजियावादको एक शव दाहान स्थलको छत भत्किँदा २४ जनाको मृत्यु

एजेन्सी, २० पुष । भारतमा उत्तर प्रदेशको गाजियावादमा श्मसान घाटमा ग्यालरीको छत भत्किँदा अन्तिम संस्कारमा सहभागी हुन गएका २४ जनाको मृत्यु भएको छ । गाजियावादको मुरादनगरमा आइतबार दिउँसो भएको उक्त दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् ।

घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । यसैबीच घटनाको बारेमा जानकारी लिँदै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा दुःख व्यक्त गर्दै यसको निष्पक्ष छानविन गर्न अधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएको समय दाह संस्कार स्थलको छानो खसेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि भाजपा सांसद वीके सिंह, विधायक अजीत पाल त्यागी, उत्तर प्रदेश मंत्री अतुल गर्गलगायतका नेता पनि घटनास्थल पुग्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);