अमेरिकी जनताले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी जनताले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने

एजेन्सी, २८ मंसिर । अमेरिकी जनताले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेक कम्पनीले बनाएको खोपलाई प्रयोगमा अनुमति दिएसँगै अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रमा काम गर्ने नागरिकहरुलाई खोप लगाउन थाल्ने भएको हो ।

खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पु¥याइने जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकाको विभिन्न राज्यका १ सय ४५ स्थानमा सोमबार खोप लगाइने छ भने मंगलबार ४ सय २५ स्थानमा खोप दगाइने छ । फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);