अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा र गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा र गोली प्रहार

एजेन्सी, २९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार भएका प्रदर्शनमा छुरा तथा गोली चलेको हो ।

वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । साथै उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

त्यस्तै ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको र एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भइरहेका छन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएपनि राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार्नु भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);