जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार

chura

काठमाडौं, ७ भदौ । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ ।

घरमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो ।मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको घरमा हिँजो राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको बताइएको छ । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा घटना भएको हो । तत्कालै उपचारको लागि तामाकोशी सहकारी अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको हो ।

धुलिखेल अस्पतालमा राति नै सुवेदीको शल्यक्रिया भएको र सुवेदीको आन्द्रा काटिएको अस्पतालले जनाएको छ ।ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);