अमेरिकामा यहुदी लक्षित छुरा प्रहारबाट ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकामा यहुदी लक्षित छुरा प्रहारबाट ५ जना घाइते

monsey stabbing

एजेन्सी, १३ पुस । अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट निकै व्यक्ति घाइते भएको आशंका गरिए पनि पाँच जना घाइतेलाई अस्पताल लगिएको जनाइएको छ ।

घाइते हुने सबै यहुदी रहेको जनाइएको छ । उनीहरु खानुखा भनिने यहुदीको एक पर्व मनाउन भेला भएका थिए । उत्तरी न्यूयोर्कको मोन्सेमा अवस्थित उक्त घर यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील जेपीएसीले जनाएको छ ।

प्रहरीले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । आक्रमण किन गरिएको भन्ने केही खुलेको छैन । न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाइने जनाएकी छिन ।

छुरा प्रहार गर्नेले एक जना व्यक्तिलाई ६ पटकसम्म प्रहार गरेको जनाइएको छ । सन् २०१९ मा अमेरिकी इतिहासमै सबैभन्दा बढी नरसंहार भएको तथ्य आइरहेका बेला यस्ता घटना भइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);