क्यानडामा बन्दुकधारीले चलाएको गोली लागेर २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

क्यानडामा बन्दुकधारीले चलाएको गोली लागेर २ जनाको मृत्यु

टोरेन्टो। पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार गोलीकाण्डमा कम्तीमा तीन जना घाइते भएका छन्।  एक सशस्त्र संदिग्धको बारेमा प्रहरीले अलर्ट जारी गरेको छ । अलर्ट जारी गरेको केही समयपछि मिल्टननजिक प्रहरीले अर्का संदिग्धलाई पक्राउ गरेको थियो । मिल्टन प्रहरीले ट्वीट गरेको छ, ‘एक जनाको घटनास्थलमै मृत घोषणा गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ।’
पछिल्ला वर्षमा क्यानडामा सामूहिक नरसंहारका घटनामा वृद्धि भएका छन् । सेप्टेम्बर ४ मा दुर्गम सास्काचेवान छुरा प्रहार हुँदा आदिवासी समुदायमा १० जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

ओन्टारियोका प्रिमियर डग फोर्डले ट्वीटरमा भनेका छन, ‘टोरन्टोका एक प्रहरी अधिकारीको हत्यासहितको मूर्खतापूर्ण हिंसाबाट म त्रसित छु।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);